१ भाद्र २०७९, बुधबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ५ दिने भ्रमणको लागि जापान प्रस्थान

२०७९,श्रावण,२०,शुक्रवार २२:५६

270
Shares

काठमाडौ | नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको विमानमा प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्यकिरणसहित उनी जापान प्रस्थान गरेका हुन् ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्ड त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ । प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुदघाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् ।

यस्तै आइतबार नै प्रचण्ड नेपाली जनप्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।

त्यहाँ रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ ।

प्रचण्डको भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नुका साथै नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने विश्वास लिइएको छ ।

जापान भ्रमण पुरा गरेर प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार २२:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रदेश नम्बर-१ को नामाकरणको विषय अझै अन्योलमा परेको छ । प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले संसदबाट प्रदेशको नामाकरण

खोटाङ । महिला जनप्रतिनिधिको क्षमता विकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको महाअभियोग प्रस्तावलाई सत्तापक्षका चाँडो टुंग्याउने पक्षमा उभिएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा छलफल सुरु भएको छ । समितिका

ताजा समाचार