१ भाद्र २०७९, बुधबार

चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिह्न लिन पाउने

२०७९,श्रावण,२०,शुक्रवार २०:५७

81
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला भएको छ ।

तालमेल गरेका दलले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने निर्वाचन आयोगले जनाएको हो ।

यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरू एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आबद्ध हो भन्ने चाहिँ खुलाउनुपर्नेछ । तर यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलकै सांसद मानिनेछन् ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार २०:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागमती । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

काठमाडौं । प्रदेश नम्बर-१ को नामाकरणको विषय अझै अन्योलमा परेको छ । प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले संसदबाट प्रदेशको नामाकरण

खोटाङ । महिला जनप्रतिनिधिको क्षमता विकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम

ताजा समाचार