१ भाद्र २०७९, बुधबार

समृद्धि ल्याउँछौँ भन्नेहरू नै भ्रष्टाचारको आहालमा डुबे : महामन्त्री बर्तौला

२०७९,श्रावण,२०,शुक्रवार २०:५०

45
Shares

मन्थली । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा भइरहेको ब्रम्हलुटको अन्त्य गर्नको निमित्त जनताले आगामी निर्वाचनमा राप्रपा नेपाल रोज्नु पर्ने बताएका छन् ।

आज रामेछापको मन्थलीमा आयोजित जिल्ला समितिको विस्तारित बैठकमा बोल्दै महामन्त्री बर्तौलाले मुलुकमा परिवर्तन गर्छौ, समृद्धि ल्याउँछौँ भन्नेहरू भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको समेत आरोप लगाए ।

भ्रष्टाचार , कुशासन , धर्म परिवर्तन र बेरोजगारी समस्याको जालो तोड्न जनताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । विदेशी शक्ति खुसी पारेर नेपाली जनतामाथि शासन गर्ने आत्मसमर्पणवादी मानसिकता नेपाली नेताहरूमा हाबी भएकोले त्यसको अन्त्य अहिलेको प्रमुख आवश्यकता रहेको बर्तौलाको कथन थियो ।

कार्यक्रममा बोल्दै पार्टीका बागमती प्रदेश अध्यक्ष माधव खत्रीले पार्टी र बिचारलाई स्थापित गर्न संगठनलाई केन्द्रमा राखी अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा संगठन विभागका सदस्य सचिव रामसुन्दर विष्ट , केन्द्रीय सदस्य जीवन सुनुवार , दोलखा अध्यक्ष नवराज श्रेष्ठ , रामेछाप अध्यक्ष रामचन्द्र कँडेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार २०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रदेश नम्बर-१ को नामाकरणको विषय अझै अन्योलमा परेको छ । प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले संसदबाट प्रदेशको नामाकरण

खोटाङ । महिला जनप्रतिनिधिको क्षमता विकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको महाअभियोग प्रस्तावलाई सत्तापक्षका चाँडो टुंग्याउने पक्षमा उभिएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा छलफल सुरु भएको छ । समितिका

ताजा समाचार