४ भाद्र २०७९, शनिवार

पहिरो पन्छाएपछि सुरु भयाे हुर्लुङ–जालपा सडक

२०७९,श्रावण,२०,शुक्रवार २०:३९

72
Shares

खोटाङ । पहिरो पन्छाएपछि खोटाङको हुर्लुङ–जालपा सडक सुचारु भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो । उत्तरी क्षेत्रका केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो बिहीबार पन्छाइएपछि सवारी साधन आउजाउ नियमित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए ।

हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो तेस्रोपल्ट पन्छाइएको हो । पहिरो पन्छाउने क्रममा लाग्ने खर्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले संयुक्त रूपमा व्यहोर्ने मौखिक सहमति छ । अवरुद्ध सडक खुलाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८०० लिटर तेल खर्च भइसकेको छ । गत १७ असार यताको वर्षाले पटक–पटक हुर्लुङ–जालपा सडक अवरुद्ध भएको छ ।

सडक ग्राभेल सुस्त

निर्माण कम्पनी रौता सुुसन आदित्य जेभीले हुर्लुङ–जालपा ८ किलोमिटर सडक ग्राभेलको ठेक्का लिएको छ । २४ महिनामा पुरा गर्नेगरी रौता सुसन आदित्य जेभीले २०७८ साल भदौ ३१ मा सडक ग्राभेलको ठेक्का सम्झौता गरेको थियो । तर सडक ग्राभेलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । वर्षामा अवरुद्ध सडक खुलाउने जिम्मा रौता सुुसन आदित्य जेभीको भए पनि बेवास्ता गरिरहेको वडाध्यक्ष राईले बताए ।

रौता सुसन आदित्य जेभीले ४१ प्रतिशत कम रेटमा प्रदेश १ पूर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा ठेक्का लिएको हो । हुर्लुङ–जालपा सडक स्विस सरकार र नेपाल सरकारको लगानीमा खोलिएको थियो । सो सडक अवरुद्ध हुँदा केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद हुने गरेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार २०:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग गरेको छ ।

धनगढी । चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीवार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने

काठमाडौं । आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि

ताजा समाचार

बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
 २०७९,भाद्र,४,शनिवार ११:११
बन्ला त पश्चिम सेती ?
 २०७९,भाद्र,३,शुक्रवार २१:२८