आईएमई लाइफ इन्स्योरेन्सकाे बृहत रक्तदान कार्यक्रम सम्पन्न

लोकपथ
52
Shares

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा भएकाे उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए ।

कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको थियाे । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंकाे लैनचौरका साथै शाखा कार्यालयहरु बिर्तामोड, धरान, वीरगंज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराहि, नेपालगन्ज, धनगढीमा समेत रक्तदान कार्यक्रम गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरु पनि आयोजना गर्न लागिएको जानकारी दिए ।

२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानीलगायतका विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?