पाँच तस्वीरमा हेर्नुहोस् निखिल र सञ्चिताको स्टाइल

काठमाडौं । कुनै बेलाका एक्सन नायक निखिल उप्रेती पछिल्लो समय खासै चर्चामा छैनन् । उनले अभिनय गरेका चलचित्रले पनि खासै चर्चा कमाउन सकेनन् । मल्टिप्लेक्स हलमा निखिलका फिल्ममा कमाल गर्न सक्दैनन् । तर सिंगल थिएटर चाहिँ आफ्नो कब्जामा पार्ने गर्छन् ।

नेपाली र भारतीय कलाकारलाई लिएर निर्माण गर्ने भनिएको फिल्म ‘कमिटमेन्ट’ निर्माण हुने भन्ने कुरा चर्चामा त आएको हो तर फिल्मका बारेमा खासै सुनिएको छैन यतिबेला ।

सञ्चिता लुइँटेल पनि खासै चर्चामा छैनिन् भन्दा खासै फरक नपर्ला । केही हप्ताअघि मात्र उनी अभिनित फिल्म ‘गुनगुन’ को टिजर सार्वजनिक भएको थियो ।

आइतवार काठमाडौंमा एलजी सिने सर्कल अवार्डको आयोजना गरिएको थियो । उक्त अवार्ड समारोहमा अभिनता निखिल उप्रेती पत्नी सञ्चिता लुइँटेलसँग समारोहमा आएका थिए । पत्रकारले उनलाई एकसाथ रहेर तस्वीर खिचाउन आग्रह गरे । लगत्तै निखिल र सञ्चिताले केही तस्वीर खिचाए । पत्रकारले भने, ‘हात समाएर तस्वीर खिचाउनुस् न ।’ 

त्यतिबेला निखिलले सञ्चिताको सट्टा आफ्नै हात समाएपछि एकछिन रमाइलो भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?