गायिका मेलिना राईले तोडिन् सञ्जिव बराइलीसँगको इन्गेजमेन्ट

लोकपथ
403
Shares

काठमाडौं । गायिका मेलिना राईले सञ्जिव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छिन् । मेलिना राईले सामाजिक सञ्जालमार्फत आफूहरुले इन्गेजमेन्ट तोडिएको जानकारी दिएकी हुन् ।

दुई पक्षबीच बिचारमा मिल्न छाडेपछि आफूहरु इन्गेजमेन्ट तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छिन् ।

उनी भन्छिन्, ‘केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमासँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मासमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’ उनले लेखेकी छिन्, ‘इन्गेजमेन्ट विबाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा नहुने भएकै कारण आजकै मितिबाट इन्गेजमेन्ट तोडिएको कुरासार्वजनिक गर्दछु ।’

करिब २ वर्ष अगाडिदेखि प्रेममा रहेका उनीहरुले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेको भए पनि तस्वीर भने मेलिनाले वैशाखमा मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?