अब ई–सेवाबाट होटल बुक गर्न सकिने

लोकपथ
78
Shares

काठमाडौं । ई–सेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिअनुसार ग्राहकहरुले ई–सेवा एप् मार्फत् नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । ई–सेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ । यदि अनलाइन मार्फत होटल बुक गर्ने भएमा सम्पर्क गर्न पनि ई–सेवाले आग्रह गरेको छ । ई–सेवामा भएका होटलहरुको सूची ई–सेवा होटल डटकममा गएर हेर्न सकिनेछ ।

ई–सेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केहीदिनमा आइओएसमा समेत उपलब्ध हुनेछ ।

ई–सेवामा होटल सेवा सुरु भएसँगै ई–सेवाका होटल विभाग प्रमुख अनुज विष्टले भने, ‘विविध सेवाहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार हामीले अब होटलको सेवा सुरुवात गरेका छौँ । यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौँ । साथै कोभिड पछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केहीहदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ ।

साथै भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरि अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउने छौँ ।’

ई–सेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आईओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढी ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?