प्रचण्डको सचिवालयले भन्यो : ‘माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट छ’

लोकपथ
91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिब रमेश मल्लले सामाजिक सञ्जालमा स्टाटस लेख्दै माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट भएको जनाएका छन् ।

उनले भनेका छन्, ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनैपनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’

केही दिन अघि अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको चेतावनीको बाबजुत ताइवान भ्रमण गरेकी थिइन् । सोही सन्दर्भलाई लिएर नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले यस्तो प्रतिक्रिया दिएको हो ।

चीनले अमेरिकी सदनकी सभामुख श्रीमती पेलोसीको भ्रमणलाई ताइवानमाथिको सार्वभौमसत्ताको दाबीलाई चुनौतीको रूपमा लिएका बेला नेपालका विभिन्न दललेसमेत उक्त गतिविधि एक चीन नीति विपरीत भएको जनाउदै प्रतिक्रिया दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?