करका दर हेरफेर गर्न पाउने नीति परिमार्जन गर्नुपर्छ : नेता रिजाल

लोकपथ
63
Shares
तस्वीर गूगल

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री डा.मिनेन्द्र रिजालले अर्थमन्त्रीले बजेट निर्माणको क्रममा करका दर स्वतन्त्र रुपमा तल माथि हेरफेर गर्न पाउने नीति परिमार्जन गर्नुपर्ने बताए । बिहीबार अर्थसमितिले समितिले आगामी कार्य योजनाका विषयमा गरेको छलफलमा नेता रिजालले यस्तो बताएका हुन् ।

उनले वर्तमान अवस्थाको करका दर अर्थमन्त्रीले तल माथि दुवै हेरफेर गर्न पाउने व्यवस्था कायम रहँदा बजेटमा जे ल्याएपनि हुने अवस्था भएको जिकिर गरे । रिजालले चालु आर्थिक वर्षको बजेटमा भएको विषय मात्रै नभएर यस्तो विषयमा समितिले केही सोच्नुपर्ने बताए ।

उनले वर्तमान संसदीय समितिले अर्को समितिलाई काम हस्तान्तरण गर्ने प्रवृतिको अन्त्य गरी नयाँ समितिलाई सहज हुने गरी समितिले काम सक्नुपर्ने पनि बताए । नेता रिजालले सरकारले ल्याउने बजेट साइकलकै विषयमा पनि समितिले सोच्नुपर्ने अवस्था आएको पनि बताए ।

यस्तै, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताएका छन् । अर्थसमितिको उक्त छलफलमा अर्थमन्त्रीले बजेट निर्माण गर्दा करका दर तल माथि दुवै हेरफेर गर्ने विषयमा भन्दा पनि अर्थमन्त्रीलाई दिएको अधिकार दुरुपयोग गरेको विषयमा बारम्बार प्रश्न उठेको बताए ।

पाण्डेले अर्थमन्त्रीले बजेट भाषणको अघिल्लो दिन करका दर हेरफेर गर्ने विषयमा कसैलाई सोध्नु नपर्ने, स्वतन्त्र रहने व्यवस्थाले सीमित व्यवसायिक घराना, कुनै एक व्यक्तिलाई फाइदा र अरुलाई नोक्सानी पुग्ने काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?