काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेतालाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति ६ दलले विरोध जनाएका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको तीनबुँदे सहमतिलाई उलंघन गर्दै उक्त पार्टीका नेताकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै ६ दलले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेको आरोप लगाउँदै फासिवादी चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओलीलाई जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति उनीहरुले आपत्ति जनाएका हुन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसहित ६ दलले सरकारको कदमप्रति ध्यानाकर्षण भएकोसमेत जनाएका छन् । ६ दलले सरकारले तीन बुँदे सहमति कार्यन्वयन गरी बन्दी रिहा र मुद्दा फिर्ता गर्न समेत आग्रह गरेका छन् । गत साउन १६ गते ललितपुर जिल्ला अदालतले तत्कालिन नेकपा शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया