१ भाद्र २०७९, बुधबार

नेष्डो समृद्ध लघुवित्तको खुद नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

२०७९,श्रावण,२०,शुक्रवार १४:१४

45
Shares

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाको खुद नाफा ७१.०६ प्रतिशतले बढेर २२ करोड १९ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोहीअवधिमा यसले १२ करोड ९७ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा भने ७५.०४ प्रतिशतले बढेको छ ।

यसको खराब कर्जामा पनि सुधार आएको छ । यसको सञ्चालन नाफा बढ्नाले नै खुद नाफा माथि जान सहयोग पुगेको देखिन्छ । असार मसान्तसम्म आइपुग्दा नेष्डोको रिजर्भ कोष ५३.०७ प्रतिशतले बढेको छ । संस्थाको रिजर्भमा ६१ करोड ९० लाख ८६ हजार रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ४० करोड ४४ लाख ५२ हजार रुपैयाँ जम्मा भएको थियो । यसको कस्ट अफ फन्ड भने बढेको छ । प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ४ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार १४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंक अफ काठमाण्डूले २ भदौदेखि ११ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई एक

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम स्मार्ट योजनामा नयाँ सुविधा ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइटसँग जित्ने मौका ल्याएको छ

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । आज (मंगलबार) प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका

ताजा समाचार