प्रचण्ड आज जापान भ्रमणमा जाँदै

लोकपथ
52
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन् ।

प्रचण्ड आज जापान जान लागेको उनका स्वकीय सचिव रमेश मल्लले लोकपथलाई जानकारी दिए । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन् । उनी साउन २५ मा स्वदेश फर्किनेछन् ।

प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको बताइएको छ । जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन ।

प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए । भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?