काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनाबी तालमेल गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको आज (शुक्रबार) बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले भदौ पहिलो साताभित्र १६५ निर्वाचन क्षेत्रको भागबण्डा मिलाउने भएको छ । सरकारले मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेपछि चुनावी तालमेल र भागबण्डाबारे छलफल गर्न शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका हुन् ।
सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् । तर, शुक्रबारको बैठकमा सिट भागबण्डाबारे सहमति भएन । यसअघि काँग्रेसले ९५ देखि १०० सिट आफुले पाउनुपर्ने बताउँदै आएको छ भने माओवादी केन्द्रले ५० माथि दाबी गर्दै आएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादी २० र जनता समाजवादीले १५ देखि २० सिटमा दाबी गर्ने नेताहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया