गरिमा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि

लोकपथ
52
Shares

काठमाडौं । गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा गरिमाको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन नाफा २५.३५ प्रतिशतले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ ७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?