परराष्ट्रमन्त्री खड्का तीनदिने चीन भ्रमणमा जाँदै

लोकपथ
52
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का आउँदो साउन २४ गतेदेखि २६ गतेसम्म चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा.खड्काले चीनको तीनदिने भ्रमण गर्न लागेका हुन् । भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।

बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा.खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?