४ भाद्र २०७९, शनिवार

मधेश प्रदेशमा सर्पदंशको बिगबिगी

२०७९,श्रावण,२०,शुक्रवार १२:३२

135
Shares

जनकपुरधाम । मधेश प्रदेशका जिल्लामा गर्मी र वर्षायामा कारण सर्पदंश बढेको छ । अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको छ । प्रादेशिक अस्पाताल जनकपुरमा औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंशका विरामी उपचारको लागि आउने गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा।मुकेश यादवका अनुसार सर्पदंशका विरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेका छन् । गत असार महिनामा १५० जना सर्पदंशका विरामी उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

तराई मधेशका जिल्लाहरूमा प्रत्येक वर्ष जेठदेखि असोजसम्म विषालु सर्पको बिगबिगीहुने गरेको र यी महिनाहरूमा सर्प दशंकका बिरामी बढी आउने गरेका डा. यादवले बताए ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश संर्पदंशका बिरामी निको भई घर फर्किने गरेको उल्लेख गर्दै डा. यादवले भने, ‘उपचारका लागि समयमै आउने अधिकांश विरामी निको हुन्छ । तर, समयमा स्वास्थ्य उपचार नगराई धामी झाक्रीकहाँ झारफुकको लागि जाने र बिरामीको अवस्थानाजुक भएपछि मात्रै आउने बिरामीलाई उपचार गर्न हामीलाई कठिनाइ हुन्छ ।’

गाउँघरमा अझै पनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका बिरामीलाई धामीझाँक्रीकहाँ लगिने गरेको घटनाहरू हुँदै आएको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार १२:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् ।

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवर्धन ​गर्न पाँचौं दशैँ जुत्ता चप्पल व्यापार प्रवर्धन ​मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित

१. नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक निष्कर्ष बिहिन, पदाधिकारी चयन भन्दा निर्वाचन केन्द्रीत छलफल बढी, महासचिवमा आकांक्षी बढेपछि पदाधिकारी

धनगढी । चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीवार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने

ताजा समाचार

बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
 २०७९,भाद्र,४,शनिवार ११:११
बन्ला त पश्चिम सेती ?
 २०७९,भाद्र,३,शुक्रवार २१:२८