नेपाल समाजवादी पार्टीको बैठक शनिबार बस्दै

लोकपथ
52
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीले शनिबार बैठक बोलाएको छ । काठमाडौंमा हुने बैठकमा विविध एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले पहिलो बैठक बोलाएको हाे ।

बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ । निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?