१ भाद्र २०७९, बुधबार

यु-२० साफ : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

२०७९,श्रावण,२०,शुक्रवार ११:५४

333
Shares

काठमाडौं । यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ ।

भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् ।

पहिलो पटक यु-२० आधारमा आयोजना भएको प्रतियोगितामा दुबै टोलीले उपाधि जित्ने बताएका छन् । घरेलु टोली भारत समूहमा भागेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ ।

भारत प्रतियोगिताको साविक विजेता समेत हो । नेपालमा सन् २०१९ मा आयोजना भएको यु-१८ साफमा भारतले बंगलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

त्यस अघि सन् २०१५ र १७ मा यु १८ र यु १९ आधारमा भएको प्रतियोगिताको दुबै उपाधि नेपालले जितेको थियो । त्यस यता नेपाली टोली समूह चरणबाट माथि उठ्न सकेको छैन ।

भारतमा जारी प्रतियोगितामा बंगलादेश चार खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रह्यो । भारत एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।

यस अघि समूहमा भएको खेलमा बंगलादेशले भारतलाई २–१ अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार ११:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् ।अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)  की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक

१. राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकलाई जस्ताको तस्तै अघि बढाउने सत्तारुढ गठबन्धनको निर्णय, प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयकसहित चारवटा विधेयक

काठमाडौं । पाँच महिनापछि राष्ट्रिय क्रिकेट टिममा फर्किएका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय (ओडिआई) खेलमा ध्यान दिनुपर्ने बताएका छन् ।

ताजा समाचार