लुम्बिनी प्राविधिक विश्व विद्यालयलको उपकुलपतिमा ढकाल नियुक्त

लोकपथ
52
Shares

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार निवासी हुन् । ढकाल नेपाली कांग्रेस निकट हुन् । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने तयारीमा रहेकाे लुम्बिनी प्राविधिक विश्वविद्यालयकाे उपकुलपतिमा ढकाललाई नियुक्ति गरेको हो । बाँकेको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदका लागि यसअघि गत असार ३१ गते आवेदन आह्वान गरेको थियो । लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले सात दिनभित्र आवेदन आव्हान गरेको थियो । मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधिको उपाधिसहित कम्तीमा १५ वर्ष विश्वविद्यालय तहमा प्राध्यापन वा अनुसन्धान कार्य गरी प्राध्यापकको उपाधि हासिल गरेको व्यक्तिलाई उपकुलपति नियुक्ति गरिने कानूनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?