४ भाद्र २०७९, शनिवार

व्यापारीले भाडा नतिरेपछि ३५ दिनभित्र सटर खाली गर्न महानगरको सूचना

२०७९,श्रावण,२०,शुक्रवार ११:२७

180
Shares

पोखरा । पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालय अगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । तर लामो समयदेखि व्यवसायीले भने भाडा बापतको रकम तिरेका छैनन् । तर महानगरले व्यवसायीसँग भाडा लिन सकेको छैन ।

महालेखा परीक्षकले हरेक वर्ष उक्त भाडा असुल्न निर्देशन दिन्छ । तर महानगरले व्यवसायीबाट भाडा उठान सकेको छैन । यसैबीच भाडा नतिरेका व्यवसायीलाई सटर खाली गर्न महानगरले उर्दी जारी गरेको छ ।

एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र सटर खाली गर्न निर्देशन दिएको हो ।

महानगरको स्वामित्वमा रहेका महेन्द्रपुल नजिकका सटरमा व्यवसाय सन्चालन गर्दै आएकाहरुले विगतमा गरेका सम्झौताको म्याद थप नगरेको जनाएको छ ।

‘व्यवसायीहरु सम्पर्कमा आएका छैनन् । पटक पटक ताकेता गर्दा बहाल बक्यौता भुक्तानी नदिएकोले सटर खाली गर्न सूचना निकालिएको छ । ३५ दिनभित्र आफैँ सटर कवलबाट ब्यवसाय हटाउनु होला । आफै नहटाएमा कानून बमोजिम कार्यान्वयन हुने व्यहोरा सूचित गरिन्छ’ सूचनामा भनिएको छ ।

 

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार ११:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली

बाँके । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् ।

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवर्धन ​गर्न पाँचौं दशैँ जुत्ता चप्पल व्यापार प्रवर्धन ​मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित

ताजा समाचार

पाल्पामा आज भगवती जात्रा मनाइँदै
 २०७९,भाद्र,४,शनिवार ११:३४
करेन्ट लागेर बाबु र छोराको मृत्यु
 २०७९,भाद्र,४,शनिवार ११:३१
बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
 २०७९,भाद्र,४,शनिवार ११:११