४ भाद्र २०७९, शनिवार

कर्णाली सरकारले गर्‍यो १६ किलोमिटर सडक कालोपत्रे

२०७९,श्रावण,२०,शुक्रवार ११:०९

90
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगती विवरण सार्वजानिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको छ ।

प्रदेशका सबै मन्त्रालयहरुको प्रगति सुनाउने क्रम्मा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पीच गरेको प्रगती समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो । त्यस्तै ग्रावेल ११३ किलोमिटर , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ । आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रगती विवरण सबै मन्त्रालयले तथा प्रदेश स्तरका कार्यालयले सार्वजानिक गरिरहेका छन् । प्रगती विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ ।

सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्न समेत गरेका थिए । मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्प्रीड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती नदोर्‍होयाउन समेत आग्रह गरेका थिए ।

सबै भन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालय लगाएतका ठूला विकासका काम गर्दै आएको छ । कर्मचारी अभावका कारण काम गर्न समस्य भएको समीक्षामा गुनासो गरिएको थियो । बेरुजुको मात्रा समेत भारी मात्रामा रहेको पाइएको छ । ५४ करोड रुपैयाँ बेरुजु रहेको सो कार्यक्रममा जानकारी गराएको छ ।

यो वर्षमा अधुरा योजनाहरु पुरा गर्नका लागि अधिकांश बजेट खर्चिएका कारण परिणाम देखिने कर्णाली सरकारको दावी रहेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार ११:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् ।

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवर्धन ​गर्न पाँचौं दशैँ जुत्ता चप्पल व्यापार प्रवर्धन ​मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित

१. नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक निष्कर्ष बिहिन, पदाधिकारी चयन भन्दा निर्वाचन केन्द्रीत छलफल बढी, महासचिवमा आकांक्षी बढेपछि पदाधिकारी

धनगढी । चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीवार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने

ताजा समाचार

बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
 २०७९,भाद्र,४,शनिवार ११:११
बन्ला त पश्चिम सेती ?
 २०७९,भाद्र,३,शुक्रवार २१:२८