विपिन र नम्रता अभिनित फिल्म ‘प्रसाद’ को स्याड गीत रिलिज

काठमाडौं । कलाकार विपिन कार्की र नम्रता श्रेष्ठलाई फिचरिङ गर्दै चलचित्र ‘प्रसाद’ को गीत रिलिज भएको छ । एक दम्पतीले जीवन धान्न गरिरहेको कथालाई उक्त गीतमा प्रस्तुत गरिएको छ ।

‘लै लै’ बोलको गीतमा सुवास भुसालको संगीत छ । त्यस्तै गणेश शाहीको शब्द गीतमा रहेको छ भने केतन क्षेत्रीले स्वर दिएका छन् ।

दिनेश राउतको निर्देशन रहेको यो फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ भने निश्चल बस्नेत पनि फिल्ममा छन् । चलचित्रलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् भने राजेश श्रेष्ठले छायांकन गरेका हुन् । फिल्मका निर्माता सुवास थापा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?