सप्तकोशी पीडितलाई प्रदेश १ सरकारको राहत

लोकपथ
13
Shares

सुनसरी । अविरल बर्षाका कारण सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सप्तकोशी पीडितलाई राहत सामग्री पठाएको हो ।

सप्तकोशी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा २५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकिएको छ । मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइएको मन्त्री केदार कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?