४ भाद्र २०७९, शनिवार

भूमिगत जलसंरक्षण गर्ने गज्जबकाे उपाय

२०७९,श्रावण,१९,बिहीवार २१:२५

144
Shares

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले भूमिगत जलसंरक्षणका लागि समुच्च खाडल (ट्रेञ्च) निर्माण गरेका छन् । सुक्खाग्रस्त क्षेत्र घोषित दुर्छिमका स्थानीयले ताराखसे सामुदायिक वन ब्लक–१, खिरिम्ते सामुदायिक वन, धारापानी निजी वन ब्लक–२ र सारुवा भुइचुङ निजी वनमा बंकरजस्तो देखिने लाम्चो खाल्डो खनेका हुन् ।

जनसंख्या वृद्धिसँगै पानीको अभाव हुन थालेपछि पानीको श्रोत संरक्षण गर्दै पानीको मात्रा वृद्धिमा टेवा पुर्‍याउने लक्ष्यका साथ चार स्थानमा ४ किलोमिटर लाम्चो खाडल निर्माण गरिएको हो ।

जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक सहयोगमा हाम्रो साना किसान कृषि सहकारी संस्था दुर्छिमले भूमिगत जलसंरक्षणका लागि वर्षाको पानी जम्ने ट्रेञ्च निर्माण गरेको हो ।

सामुदायिक तथा निजी वनमा बारीको गह्रा जस्तै लामो–लामो खाल्डो बनाइएको छ । वर्षाको पानी खाल्डोमा जम्ने र सोसिएपछि तल्लो क्षेत्रका मुहान तथा खोलामा पानी बढ्ने सहकारीका अध्यक्ष मनकुमार राईले बताए ।

जलश्रोतको संरक्षणका लागि दुर्छिमकै धारापानी–१ मुहान र धारापानी–२ मुहानमा कंक्रिट संरचना निर्माण गरिएको छ । धारापानी–३ मुहानमा रिचार्ज पोखरी र राबुको वालिंखा घामपानीमा सिँचाई पोखरी निर्माण गरिएको छ ।

मुहान संरक्षण अन्तरगत खोल्सामा चार वटा चेक ड्याम हालिएको छ । पानी मुहान संरक्षण, समुच्च खाडल निर्माण र संरक्षण पोखरी निर्माणमा १९ लाख खर्च भएको छ । त्यसमध्ये २५ प्रतिशत उपभोक्ता समितिको श्रमदान लागेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,१९,बिहीवार २१:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग गरेको छ ।

धनगढी । चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीवार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने

काठमाडौं । आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि

ताजा समाचार

न्युयोर्कमा गान्धीको मूर्ति तोडफोड
 २०७९,भाद्र,४,शनिवार १२:१७
चिनियाँ बक्सअफिसमा आमिर खानको नजर
 २०७९,भाद्र,४,शनिवार १२:१४
पाल्पामा आज भगवती जात्रा मनाइँदै
 २०७९,भाद्र,४,शनिवार ११:३४
करेन्ट लागेर बाबु र छोराको मृत्यु
 २०७९,भाद्र,४,शनिवार ११:३१
बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
 २०७९,भाद्र,४,शनिवार ११:११