१ भाद्र २०७९, बुधबार

चालू आर्थिक वर्षभित्रै घरजग्गा व्यवसायलाई पुँजी बजारमा ल्याउँछौ : अध्यक्ष हमाल

२०७९,श्रावण,१९,बिहीवार १९:४७

54
Shares

काठमाडौं । धितोपत्र बजारको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले चालु आर्थिक वर्षभित्रै घरजग्गा व्यवसायलाई पुँजी बजारमा ल्याउने बताएका छन् ।

बिहीबार काठमाडौंमा आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित धितोपत्र बजारको वर्तमान अवस्था तथा आगामी पाँच वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

उनले सरकारको नीति बजेटले नै व्यवस्था गरेकाले रियलस्टेड सेक्टरलाई पुँजी बजारमा ल्याउने दाबी गरे । हमालले चालु आर्थिक वर्षभित्र नै साना मझौला तथा लघु उद्योग तथा कम्पनीहरु (एसएमईज) हरुलाई समेत पुँजी बजारमा ल्याउने बोर्डको नीति रहेको बताए। अध्यक्ष हमालले स्थापित कम्पनीको स्वामित्व जनतामा गयो भने जनताको आर्थिक स्थिति पनि सुधार हुने बताए ।

उनले दुई महिनाभित्र नेप्सेमा प्राविधिक समस्या भए समाधान गरेर जाने बताए । उनले बुक बिल्डिङ प्रभावकारी रूपमा अगाडि लैजानुपर्ने बताए । अध्यक्ष हमालले बुक बिल्डिङ प्रणालीमा विगतमा भएको दुर्घनालाई अर्को दुर्घटना नहुने गरी काम गर्ने जिम्मेवारी बोर्डको रहेको बताए ।

उनले धितोपत्र बोर्डले दुई वर्षअघि नै कार्यान्वयनमा ल्याएको शेयर बजारको बुक बिल्डिङ प्रविधिलाई समेत सुव्यवस्थासहित निरन्तरता दिने बताए ।

अध्यक्ष हमालले बोर्डले हरेक काम शेयर बजारका लगानीकर्ताको हक हीतमा काम गर्ने बताए । उनले बोर्डले कुनैपनि निर्णय गर्दा बोर्डले लगानीकर्ताको हीत सोचेर मात्रै गर्ने बताए । अध्यक्ष हमालले धितोपत्र बजारमा समस्या र चुनौती धेरै भएपनि त्यही चुनौतीका बीच अवसर खोज्नुपर्ने बताए । उनले सेयर बजारलाई लगानीकर्ताले विश्वास गरेकाले बोर्डले लिएको उदेश्य पूरा हुने बताए ।

अध्यक्ष हमालले सेयर ब्रोकरहरुको धेरै संख्यामा आवश्यक नभएको भन्दै पुँजी वृद्धिसँगै गुणात्मक सुधारमा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति: २०७९,श्रावण,१९,बिहीवार १९:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर आज बिहान ९ बजे निष्काशन तथा बिक्री प्रबन्धक

काठमाडौं । खप्तड लघुवित्तले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ करोड ३२

काठमाडौं । यो साता सेयर कारोबार रकम गत साताको तुलनामा निकै नै घटेको छ । गत साता २३ अर्ब भन्दा

काठमाडौं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका

ताजा समाचार

मोरङ कारागारमा शुद्ध खानेपानी जडान
 २०७९,भाद्र,१,बुधबार १७:०५