युवराज अधिकारी : बर्खास्तीलगत्तै आजै कारबाही नगर्न सर्वोच्चको आदेश

लोकपथ
3k
Shares

काठमाडौं । सर्वाेच्च अदालतले बर्खास्त गरिएका नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारबाही नगर्न आदेश दिएको छ ।

सरकारले आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारका नाउमा कारण देखाऊ आदेश दिएको छ ।

सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने सरकारको यसअघिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै बिहीबार यो मुद्दाको किनारा नलाग्दासम्म कुनै कारबाही नगर्न भनेको हो ।

यसअघि गत असार २३ मा भएको सर्वाेच्च अदालतको अन्तरकालीन आदेश विपरीत हुने भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म हाल निर्णय कार्यान्वयन नगर्नू, नगराउन भनेको हो ।
त्यस्तै, अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई किन कारबाही नगर्ने भनी प्रश्न गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अवहेलनामा किन कारबाही नगर्ने हो सात दिनभित्र आफैँ अदालतमा उपस्थित भई जवाफ दिन मन्त्री श्रेष्ठका नाममा कारण देखाऊ आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?