बिप्लव र फोरम छाडेर माओवादी केन्द्रमा 

कास्की– बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सदस्य काशी पौडेल लगायत १५ जना कार्यकर्ताले सो पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन् । एक बिज्ञप्ती प्रकाशित गरि जिल्ला सदस्य पौडेल,राम प्रसाद शर्मा, लक्ष्मी मण्डल , जय बहादुर भट्टराई , धुब्र खतिवडा, हरि दाहाल, मेख बहादुर रानाभाट,अमृत बुढाथोकी,बुद्धि शेर्पा , लक्ष्मी थापा लगायत छन । सामुहिक बिज्ञप्ती प्रकाशन गरेका बिप्लवका कार्यकर्ताहरुले पार्टीले समाजबादी क्रान्ति भन्ने गरेपनि सो संबन्धी कुनै छनक नदेखाएको आरोप लगाएका छन् ।त्यस्तै लोकतान्त्रीक फोरम पार्टी नेपाली काग्रेसमा बिलय भएपछि सो पार्टीका कार्यकर्ताले असनतुष्टि जनाएका छन् । फोरम लोकतान्त्रीक प्रदेश नम्वर ४ का  कोषाध्यक्ष अमन थापाले फोरम काग्रेसमा बिलय भएकाले आफुहरु परिबर्तन र संघीयताको नारा स्थापित गरेको नेकपा माओबादी केन्द्रमा प्रबेश गर्ने तयारी गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?