काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनमा अघिल्लो निर्वाचनमा भन्दा १० लाख मतदाता बढ्न सक्ने प्रक्षेपण गरेको छ ।
आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अघिल्लो निर्वाचनमा भन्दा यस निर्वाचनमा करिब १० लाख मतदाता थपिन सक्ने बताए ।
अघिल्लो निर्वाचनमा १ करोड ७७ लाख कुल मतदाता रहेकोमा अहिले त्यसो संख्या बढेर १ करोड ८६ लाख भन्दा बढी हुने दाबी गरेका छन् ।
‘अघिल्लो निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख रहेको थियो । आगामी निर्वाचनमा १० लाख नयाँ मतदाता थपिने तथ्यांक रहेको छ । जसअनुसार आगामी निर्वाचनमा १ लाख ८५-८६ लाख भन्दा बढी हुनेछ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया