वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

लोकपथ
52
Shares

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई हटाएको हो । छानबिन समितिले पेश गरेको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो ।

यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए । उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो ।

अधिकारीलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । तत्कालिन मन्त्री प्रेमबहादुर आलेले अधिकारीलाई पटकपटक स्पष्टीकरण सोधेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?