आगामी निर्वाचनमा साढे ४ लाख नयाँ मतदाता थपिने, शुक्रबारदेखि नामावली संकलन रोकिने

लोकपथ
140
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने संघीय र प्रदेश सभा चुनावमा करिब साढे ४ लाख नयाँ मतदाता थपिने भएका छन् ।

असार १ गतेदेखि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनमा करिब साढे ४ लाख जनाले नाम दर्ता गरेका छन् ।

निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको आयोगका सहायत प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?