३८ अंकले घट्यो सेयर बजार, १६१ कम्पनीको सेयर मूल्यमा गिरावट

लोकपथ
117
Shares

काठमाडौं । साताको पाँचौँ कारोबार दिन बिहीबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । मंगलबारदेखि घटेको सेयर बजारमा आज पनि गिरावट आएको हो ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४३.१६ बिन्दुमा झरेको छ । ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ८.२५ अंकले घटेर ४१२.२५ बिन्दुमा रोकिएको छ ।

कुल २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा कारोबार रकम भने बढेको छ । मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा सूचिकृत १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ । आज व्यापार समूहको सेयर मूल्य सर्वाधिक घटेको छ ।

बिहीबार १९ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन शिवम सिमेन्टले सर्वाधिक २५ करोड २२ लाख ११ हजार रुपैयाँको कारोबार गरेको छ ।

आज बलेफी हाइड्रोपावरको सेयरमा उच्च वृद्धि भएको छ । त्यस्तै युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?