१७ आश्विन २०७९, सोमवार

लामो आयुका लागि आजैबाट दिनचरियामा ल्याउनुहोस् यस्तो परिवर्तन

२०७९,श्रावण,२१,शनिवार १३:५८

351
Shares

काठमाडौं । पछिल्लो दुई दशकमा मानिसको आयु पहिलेको तुलनामा घट्दै गएको अध्ययनले देखाएको छ । अस्वस्थ खानपान र प्रदुशित वातावरण नै यसको मुख्य कारण रहेको विज्ञहरुको भनाइ छ।

धेरै प्रकारका रोगले पनि मानिसको उमेर घटाइरहेको छ। यदि तपाई पनि लामो आयु चाहनुहुन्छ भने आफ्नो जीवनशैलीमा केही विशेष परिवर्तन गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

केही साधारण बानीहरूमा परिवर्तनले तपाईलाई स्वस्थ राख्न मात्र मद्दत गर्दैन, तर यसले तपाईलाई लामो जीवन प्राप्त गर्न पनि मद्दत गर्नेछ।

आहार का विशेष ध्यान रखना आवश्यक

स्वास्थ्य विज्ञहरूका अनुसार उचित पोषणको अभाव र शारीरिक निष्क्रियताका कारण पनि मानिसहरुको औसत उमेरसम्म नबाँच्ने देखिएको छ । विश्व स्तरमा आएका प्रतिवेदनहरुले यो कुरालाई पुष्टि गर्छ ।

क्यालोरीको मात्रालाई ध्यान दिनुहोस् : 

स्वस्थ शरीरको लागि सबै पोषक तत्वहरू सही मात्रामा उपभोग गर्नु अति आवश्यक मानिन्छ। उच्च क्यालोरी चीजहरू खाँदा तपाईलाई धेरै समस्या हुन सक्छ। अध्ययनहरूका अनुसार क्यालोरी सेवनमा १०-४० प्रतिशत कमीमात्रै गर्ने हो भनेपनि यसले तपाइको स्वास्थमा रा्रमो गर्छ र स्वास्थ्य राम्रो हुनु भनेको तपाईको आयु बढ्नु हो । क्यालोरीको मात्रामा कन्ट्रोल गर्नाले शरीरको तौल र पेटको बोसो कम गर्न पनि मद्दत गर्छ ।

ड्राइ फूट्स : 

नट्स के सेवन के लाभ

स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई आफ्नो दैनिक आहारमा ड्राइ फूट्स समावेश गर्न सल्लाह दिन्छन्। ड्राइ फूट्समा प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ। यी पोषक तत्वहरूले तपाईंलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्दछ।

सबैभन्दा आवश्यक नियमित व्यायाम : 

नियमित योगासनों के लाभ

शारीरिक रूपमा सक्रिय हुनु दीर्घायुको लागि सबैभन्दा आवश्यक छ । प्रत्येक दिन कम्तिमा १५ मिनेटको व्यायामले तपाईंलाई फिट र धेरै गम्भीर रोगहरूको जोखिमबाट सुरक्षित राख्न मद्दत गर्दछ। दैनिक शारीरिक गतिविधिले अकाल मृत्युको जोखिम कम गर्न सक्छ।

धुम्रपान छाड्नुहोस् : 

धूम्रपान करने के नुकसान

धुम्रपान र मदिराको सेवन नगर्नुहोस् । धुम्रपान र मदिरो गम्भीर स्वास्थ्य समस्याहरूको प्रमुख कारकहरूका रूपमा परिचित छन् । नियमित रूपमा धुम्रपान गर्ने मानिसहरूको जीवनको १० वर्षसम्म आयु अन्य मानिसको तुलनामा कम हुने गरेको छ । अध्ययनले बताउछ । साथै, मदिरा सेवनले पनि धेरै प्रकारका रोगहरू निम्त्याउछ ।

प्रकाशित मिति: २०७९,श्रावण,२१,शनिवार १३:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यतिबेला देशभर दसैँको माहोल छ । आज दसैँको अष्टमीको दिन । दसैँ भन्ने बित्तिकै यसको साइनो खानपानसँग जोडिन्छ । त्यसमध्ये

काठमाडौं । डेंगु संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगु संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै

काठमाडौं । स्वास्थ्य धन हो । यो हाम्रो लागि उपहार पनि हो । आजको द्रुत युगमा व्यक्तिहरूले आफूलाई फिट राख्न

स्लिम पेट कसलाई मन नपर्ला र ? तर दुर्भाग्य अस्वस्थकर खानपान, प्रदुषित वातावरण, व्यस्त जीवनशैली आदीका कारणले हिजोआज महिला तथा

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५