१९ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई, दोस्रो एनआईसी एसिया

लोकपथ
208
Shares

काठमाडौं । १९ वटा वाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७८-०७९ मा आधा खर्बभन्दा बढी अर्थात कुल ५३ अर्ब ९६ करोड ५२ लाख ९४ हजार सात सय ३० रुपैयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरुले कमाएको यो मुनाफा अघिल्लो आवको तुलनामा ९ अर्ब ७१ करोड ३७ लाख ८ हजार ६ सय ९० रुपैयाँले बढी हो । अघिल्लो आवमा भने १९ वटा वाणिज्य बैंकहरुले कुल ४४ अर्ब २५ करोड १५ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरु मध्येमा साउन १९ गते बिहीबारसम्ममा १९ वटा वाणिज्य बैंकहरुले मात्र आव २०७८-०७९ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा बैंकहरुले उक्त नाफा आर्जन गरेको देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाहरु मध्ये ग्लोबल आईएमई बैंकले आव २०७८-०७९ मा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एनआईसी एसियाले ४ अर्ब ५२ करोड ६४ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा यी दुई बैंकहरुको यस्तो नाफा क्रमश ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार र ३ अर्ब २५ करोड ९९ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले भने आव २०७८-०७९ मा चार अर्ब आठ करोड ६३ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा एनएमबी बैंकले ३ अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । अघिल्लो आवमा यि दुई बैंकहरुको यस्तो नाफा क्रमशः ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार र दुई अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

प्राइम कर्मसियल बैंकले भने आर्थिक २०७८-०७९ मा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सिद्धार्थ बैंकले ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवमा यी दुई बैंकहरुको यस्तो नाफा क्रमश : ३ अर्ब २६ करोड ८४ लाख र २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको थियो । कुमारी बैंक र कृषि बिकास बैंकले भने आव २०७८-०७९ मा क्रमशः २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार र दुई अर्ब ६९ करोड ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

अघिल्लो आवमा यी दुई बैंकहरुको यस्तो नाफा क्रमशः १ अर्ब ९७ करोड साता लाख ३० हजार र ३ अर्ब ५२ करोड ७५ लाख ३६ हजार रुपैयाँ रहेको थियो । प्रभु बैंकले भने आव २०७८-०७९ मा २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एभरेष्ट बैंकले दुई अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छ ।

अघिल्लो आवमा भने यी दुई बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब ७२ करोड आठ लाख ७५ हजार र एक अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो । हिमालयन बैंकले भने आव २०७८-०७९ मका दुई अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा हिमालयनको यस्तो नाफा दुई अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

सानिमा र स्ट्यान्डर्ड चार्टड बैंकले भने आव २०७८-०७९ क्रमशः २ अर्ब २९ करोड २९ लाख ९ हजार र २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी बैंकहरुको यस्तो नाफा क्रमशः २ अर्ब ३१ करोड ७८ लाख २१ हजार र १ अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल, माछापुच्छ्रे र सानिमा बैंकले भने आव २०७८-०७९ मा दुई अर्ब २५ करोड ११ लाख ७१ हजार, २ अर्ब १६ करोड ९ लाख र २ अर्ब २९ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यी बैंकहरुको यस्तो नाफा क्रमशः १ अर्ब ८० करोड ४३ लाख ४१ हजार, १ अर्ब ६० करोड ७४ लाख ७३ हजार र २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७८-०७९ मा सनराइज र एनसीसी बैंकले भने क्रमश : २ अर्ब १५ करोड ९ लाख ४४ हजार र २ अर्ब दुई करोड २२ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी दुई बैंकहरुको यस्तो नाफा क्रमश १ अर्ब ४४ करोड ६५ लाख ५० हजार र १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

यसैगरी, नेपाल एसबिआई बैंक र लक्ष्मी बैंकले भने आव २०७८-०७९ मा क्रमश : १ अर्ब ६३ करोड ८२ लाख ८४ हजार र १ अर्ब ६० करोड ३५ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी बैंकहरुको यस्तो नाफा क्रमशः ९६ करोड ३४ लाख ७९ हजार र १ अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

यस्तो छ, वाणिज्य बैंकहरुको खुद मुनाफाको अवस्था (रकम रु हजारमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?