न्यान्सी पेलोसीकाे ताइवान भ्रमणबारे विप्लव समूहकाे आपत्ति

लोकपथ
91
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले विभिन्न बहानामा द्वन्द र अशान्ति पैदा गर्ने गतिविधि रोक्न अमेरिकालाई आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीले चीनको चर्को विरोधका बावजुद अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको भन्दै आपत्ति जनाएको हो ।

‘यही साउन १६ गते मंगलबार अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले जनवादी गणतन्त्र चीनको चर्को विरोधका बावजुद ताइवान भ्रमण गरेकी छन् ।

यो भ्रमणले चीन र ताइवानबीच थप द्वन्द मात्रै चुलिएको छैन, एक स्वाधीन राष्ट्रमाथि अमेरिकी साम्राज्यवादले आफ्नो चरित्र फेरी नांगो रुपमा विश्व सामू देखाएको छ । विश्वका सबैजसो देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा ‘एक चीन नीति’ विपरीत भएको यस्तो गतिविधिप्रति नेपाल कम्युनिष्ट पार्टी, अन्तराष्ट्रिय विभाग खेद प्रकट गर्दछ ।

साथै अमेरिकालाई विभिन्न बहानामा द्वन्द र अशान्ति पैदा गर्ने साम्राज्यवादी रोक्न आग्रह गर्दछ ।’ नेपाल कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभाग सचिव आमुलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?