गण्डकीमा सबैभन्दा बढी मुद्धा फस्र्यौट गर्ने पौडेल सम्मानित

लोकपथ
143
Shares

पोखरा । तनहुँ जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेल मुद्दा फस्र्यौटमा गण्डकी प्रदेशमै प्रथम भएका छन ।

गत आर्थिक बर्षको अवधिमा ७ सय ४१ थान मुद्दा फस्र्र्योट गरी गण्डकी प्रदेशमै प्रथम भएपछि उनलाई सम्मान गरिएको छ ।

गत आर्थिक वर्ष २०७८/८९ मा उक्त सङ्ख्यामा फस्र्योट गरेकाले उच्च अदालत पोखराले हालै उनलाई सम्मान गरेको हो । न्यायाधीश पौडेललाई कायमुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र रजिष्ट्रार श्रीलाल पौडेलले सो अवसरमा सम्मानपत्र प्रदान गरेका थिए ।

गण्डकी प्रदेशमा नै प्रथम भएका पौडेल हाल भने काठमाडौ जिल्ला अदालतमा सरुवा भएका छन, रमाना हुन अघि उनलाई उच्च अदालत पोखराले सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?