१ भाद्र २०७९, बुधबार

फ्रान्समा विद्यालयमा स्कार्फमा लगाइएको प्रतिबन्धको राष्ट्रसंघीय समितिले गर्‍यो निन्दा

२०७९,श्रावण,१९,बिहीवार १३:१५

135
Shares

काठमाडौं । फ्रान्सले एक महिलालाई स्कुलमा पढ्दा टाउकोमा स्कार्फ लगाउन प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय अधिकार सन्धिको उल्लंघन गरेको राष्ट्रसंघीय समितिले फैसला गरेको छ । यो कदमले नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धलाई तोडेको राष्ट्रसंघीय मानवअधिकार समितिले जनाएको हो ।

सन् १९७७ मा जन्मेकी फ्रान्सेली नागरिकले सन् २०१६ मा दायर गरेको उजुरीपछि राष्ट्रसंघीय मानवअधिकार समितिले उक्त फैसला गरेको हो । निवदेन दिने महिलाको नाम गोप्य राखिएको छ ।

ती महिला सन् २०१० मा वयस्कहरूको लागि व्यावसायिक प्रशिक्षण कोर्समा थिइन् । उनले एक अन्तर्वार्ता र प्रवेश परीक्षा पास गरेकी थिइन् । तर, सार्वजनिक शैक्षिक संस्थाहरूमा धार्मिक प्रतीकहरू लगाउन प्रतिबन्ध लगाएको कारणले पेरिसको दक्षिणपूर्वी उपनगरमा रहेको लान्गेभिन वालोन हाई स्कूलका प्रधानाध्यापकले उनलाई प्रवेश दिन अस्वीकार गरे ।

प्रकाशित मिति: २०७९,श्रावण,१९,बिहीवार १३:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । केन्यालीहरूले यस महिनाको चुनावमा ७ गभर्नरहरू, ३ सिनेटरहरू र २६ सांसदसहित ठूलो संख्यामा महिलाहरू विजयी भएका छन् ।

१. राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकलाई जस्ताको तस्तै अघि बढाउने सत्तारुढ गठबन्धनको निर्णय, प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयकसहित चारवटा विधेयक

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी युक्रेनमा रुसी नियन्त्रित जापोरिज्जिया आणविक प्लान्टमा भएको विपत्तिले सम्पूर्ण युरोपलाई धम्की दिएको टिप्पणी

काठमाडौं । भारतको जम्मू कश्मीरको पहलगाममा बस दुर्घटना भएको छ । दुर्घटना भएको बसमा भारतीय प्रहरी सवार थिए । दुर्घटनामा

ताजा समाचार

मोरङ कारागारमा शुद्ध खानेपानी जडान
 २०७९,भाद्र,१,बुधबार १७:०५