मनसुनमा मेकअप गर्दा नगर्नुहोस् यस्ता गल्ती

लोकपथ
221
Shares

काठमाडौं । धेरै महिला र पुरुषहरू मेकअप गर्छन् तर धेरै कमलाई मात्रै मेकअप गर्ने सही तरिकाको बारेमा थाहा छ। विवाह-भोज होस् वा विशेष कार्यक्रम, महिला र पुरुषहरू बाहिर निस्कनुअघि घण्टौंसम्म मेकअप गर्छन्।

घण्टौं लगाएर गरेको मेकअपमा पनि यो नभएको र त्यो नभएको भन्दै गुनासो भने भइरहेको हुन्छ । हो त्यसैले मेकअप गर्दा के-कस्ता गल्ती गर्नु हुँदैन भन्ने कुरा जान्न जरुरी छ ।

धेरैलाई छालालाई मुलायम बनाउन धेरै फाउन्डेसन लगायतका उत्पादनहरू लगाउनु पर्छ भन्ने लाग्छ। धेरै फाउन्डेसन लगाएर मात्रै राम्रो मेकअप हुन्छ भन्ने होइन् । फाउन्डेसनको मात्रालाई मिलाउनुहोस् ।

मेकअप

जब तपाईं पार्टीमा जान तयार हुनुहुन्छ, सधैं दिन र रातको ख्याल राख्नुहोस्। किनभने उज्यालोले अनुहारको मेकअपमा ठूलो फरक पार्छ। साथै, अनुहारमा मेकअपको धेरै तहहरू नलगाउनुहोस् । यदी तपाइले मेकअपका धेरै तहहरु लगाउनुभयो भने केही समयपछि अनुहार पहेंलो देखिन थाल्छ ।

महिलाहरू प्रायः फाउण्डेसन र कन्सिलर लगाउन फ्ल्याट ब्रशको प्रयोग गर्छन्। जसका कारण अनुहारमा स्मूथ फिनिशिङ हुँदैन ।

मेकअप गल्ती

यसो गर्नाले कहिलेकाहीँ अनुहारमा रेखा देखिन थाल्छ। यदि तपाइँ फिनिश मेकअप चाहनुहुन्छ भने सधैं ब्यूटी ब्लेंडर प्रयोग गर्न सक्नुहुन्छ ।

मनसुनको गर्मीमा टासिने क्रिम कहिल्यै प्रयोग नगर्नुहोस्। मनसुनमा जेल बेस्ड प्रोडक्ट प्रयोग गर्नुहोस् । जेल बेस्ड प्रोडक्ट धेरै समयसम्म अनुहारमा रहिरहन्छ र छाला टाँसिने हुँदैन।

मेकअप गल्ती

गर्मीमा पसिनाको कारण, छाला चिपचिप र चिसो देखिने गर्दछ । त्यसैले कन्टोरिङ र ब्लश गर्न पाउडरको प्रयोग गर्नुपर्छ। यसले छालालाई सुख्खा राख्छ र म्याट देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?