अलकायदाका नेता मारिएको बारेमा तालिबान ‘बेखबर’

लोकपथ
169
Shares

काठमाडौं । तालिबानले काबुलमा अमेरिकी ड्रोन हमलामा अलकायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकी ‘दावी’ को छानबिन गरिरहेको जनाएको छ । जवाहिरी मारिएको भन्ने स्थानमा उनी भए/नभएको बारेमा समूहलाई केही थाहा नभएको तालिबान अधिकारीले बताएका छन् ।

‘दाबीबारे सरकार र नेतृत्वलाई केही थाहा छैन् । नत कुनै संकेत नै छ’, दोहामा रहेको संयुक्त राष्ट्र संघका लागि तालिबान प्रतिनिधि सुहेल शाहिनले भने ।
अमेरिकाले ड्रोन हमलामा जवाहिरी मारिएको जनाएको थियो । आइतबार काबुलस्थित एउटा घरको बाल्कोनीमा लुकिरहेको अवस्थामा उनी ड्रोन हमलामा मारिएका थिए । उनको मृत्यु अलकायदाका लागि ठूलो झट्का बताइएको छ ।

उनको हत्याबारे अनुसन्धान भइरहेको उनले बताए । ‘दावीको सत्यता पत्ता लगाउन अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । अनुसन्धानको नतिजा सार्वजनिक गरिने शाहिनले बताए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?