१३ चैत्र २०७९, सोमवार

रवीन्द्र मिश्र भन्छन्- ‘मलाई देश हार्ने राजनीति गर्नु छैन’

२०७९,श्रावण,१९,बिहीवार ११:५३

207
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफूले जित्ने तर देश हार्ने राजनीति नगर्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मिश्रले लामो समयदेखि धेरै निर्वाचन हेरेको बताउँदै आफूलाई देश हार्ने राजनीति गर्नु नभएको बताए ।

उनले भनेका छन्, ‘मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन ।’

आफूलाई आफ्ना शुभेच्छुकहरुले विभिन्न एजेण्डा बोकेको भए निर्वाचन जित्न सक्ने सुझाव दिए पनि आफूले लामो समयदेखि निर्वाचन हेरेको बताउँदै आफूले सो निष्कर्ष निकालेको बताए ।

‘शुभेच्छुकहरू भन्छन्, तपाईंले यी एजेण्डा नल्याएको भए यो पटक चुनाव जित्नुहुन्थ्यो । उनीहरूलाई म भन्ने गर्छु, मैले गत २०÷२५ वर्षमा जे देखेँ, भोगेँ, पढेँ, बुझेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन।’ उनले भनेका छन् ।

आफूले निर्वाचनसँगै देश जित्ने प्रयासमा रहँदै आएको बताउँदै आफ्ना धारणाको बारेमा सुझाव दिनका लागि समेत आग्रह गरेका छन् ।

‘मेरा दृष्टिकोणसँग तपाईं सहमत नहुन सक्नुहुन्छ, त्यसमा मेरो कुनै गुनासो छैन। देश पनि जित्ने, चुनाव पनि जित्ने राजनीतिको मेरो प्रयास भने जारी रहनेछ। यसो भन्दै गर्दा चुनाव हारेँ भने पनि ठिकै छ ।’ उनले भनेका छन् ।

प्रकाशित मिति: २०७९,श्रावण,१९,बिहीवार ११:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६