अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक आज बस्दैछ ।

बैठक मध्यान्ह सवा १२ बजेबाट कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा सुरु हुनेछ । आजको बैठकमा अमेरिकाको राज्य साझेदारी कार्यक्रम (स्टेट पार्टनरसिप प्रोग्राम) लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

छलफलमा परराष्ट्रमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, प्रधानसेनापति लगायतलाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?