सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक शुक्रबार बस्ने

लोकपथ
77
Shares

काठमाडाैं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक यही साउन २० गते शुक्रबारकाे लागि बोलाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी सरकारले गरिरहेको बेला बुधबार अपरान्ह बसेको सत्तारुढ दलहरुको शीर्ष तहको बैठकले यही साउन २० शुक्रबार गठबन्धनको बैठक बोलाउने निर्णय गरेको हो ।

गठबन्धनलाई निरन्तरता दिने सहमतीसहित सत्तारुढ दलहरुको बैठक आगामी शुक्रबार बिहान ९:३० बजे बस्ने निर्णय भएकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?