मुद्रा अवमूल्यनको पीडा भोगेका देशहरू

एजेन्सी :अहिले ल्याटिन अमेरिकी देश भेनेजुएला चरम मुद्रास्फितीको चपेटामा परेको छ ।

द्वितीय विश्व युद्ध यताकै यो मुद्रास्फिती सबै भन्दा निकृष्ट समय रहेको छ ।

अर्थशास्त्रीहरूले यसलाई ‘हाइपरइन्फ्लेशन’ (चरम मुद्रास्फिती) भनेका छन् ।

हाइपरइन्फ्लेशनका जानकार अर्थशास्त्री स्टिभ ह्याकले जनाए अनुसार १२ महिनामा भेनेजुएलामा महँगी ६५००० प्रतिशतले बढेको छ ।

चरम मुद्रास्फितीले भेनेजुएलाको आम जीवन धेरै कष्टकर बनाइ दिएको छ ।

दैनिक आवश्यक वस्तुको कुनै वस्तु किन्न ठूलो रकम बोक्नु परेकोछ ।

यो समस्याको समाधानका लागि भेनेजुएलाले नयाँ मुद्रा सवरेन बोलिभर बजारमा ल्याएपनि यसबाट स्थितिमा कुनै सुधार भएन् ।

विश्वभर हालसम्म चरम मुद्रास्फितीको अवस्था ५८ पटक देखा परेको छ ।

भयानक चरम मुद्रास्फितीको सामना गरेका केही देशहरूमा दक्षिण अमेरिकी देश ब्राजिल हो ।

१९८९को डिसेम्बरदेखि १९९०को मार्चसम्म यो अवस्था रहेको थियो ।यो अवधिमा मुद्राको मूल्य निरन्तर अवमूल्यन हुँदै गयो ।

हरेक ३५ दिनमा महँगी दुई गुना दरले बढ्दै गएको थियो ।

ब्राजिलमा झण्डै १५ वर्षसम्म मुद्रास्फितीको दर हर महिना दुई अंकमा रहेको थियो ।

९०को दशकमा ब्राजिलमा व्यापारीको सामानको मूल्य हरेक दिन फेरिने गरिएको थियो ।

१९९४मा ब्राजिल सरकारले प्लानो रियल नामको योजना ल्याएर अर्थव्यवस्थालाई स्थिर राख्ने काम ग-यो ।

१९४६मा युरोपेली देश हंगेरीले पनि मुद्रास्फितीको चपेटमा परेको थियो ।

देशको महँगी दर ४१,९००,०००,०००,०००,००० प्रतिशतमा पुगेको थियो ।

अहिलेसम्मको सबैभन्दा निकृष्ट मुद्रास्फितीको अवस्था मानिएको छ ।

दोस्रो विश्वयुद्ध पछि हंगेरीको ४० प्रतिशत सम्पत्ति समाप्त भइसकेको थियो ।

राजधानी बुढापेस्टको ९० प्रतिशत सम्पत्ति नष्ट भइसकेको थियो ।

१ अगस्ट १९४६मा सरकारले यो समस्या समाधानको उपायका लागि कर नीतिमा सुधार, विदेशबाट सुन संरक्षित कोषको पूर्ति र नयाँ मुद्रा ‘हंगेरी गिल्डर’ ल्याउने योजना ल्यायो ।

१९९०को दशकमा कृषिमा सुधार गरिएपनि जिम्बाबेमा कृषि उत्पादनमा तीव्र गिरावट आएको थियो ।

१९९८मा युद्धका कारण कंगोलाई समस्याको सामना गर्नु परेको थियो ।

२००२मा अमेरिका र युरोपियन युनियनलगायतले कतिपय प्रतिबन्ध लगाइ दिएका थिए ।

यसले गर्दा यहाँ महँगी बढ्न थालेको थियो ।यो महँगी ७९,०००,०००,००० प्रतिशतसम्म पुगेको थियो ।

साल २००९मा जिम्बाबेले देशको मुद्रा रद्द  गरी अमरीकी डलर र  दक्षिण अफ्रीकी मुद्रालाई प्रचलनमा ल्याएको थियो ।

प्रथम विश्व युद्धपछि अस्तिवमा आएको युरोपेली देश यूगोस्लाभियामा १९८०मा ं राजनीतिक र आर्थिक संकटमा फसेको थियो ।

यो संकटको समाधानका लागि देशबाट  बोस्निया र  हर्जगोभिना, क्रोएशिया, मेसेडोनिया, मोंटेनेग्रो, सर्बिया और स्लोभेनिया नामका छुट्टा छट्टै देश बनाउन परेको थियो ।

त्यसपछि सन् १९९२मा सर्बिया र मोन्टेग्रो युगोस्लाभिया संघीय गणतन्त्रमा मिलेर रहेका छन् ।

१९९२को शुरूवातमा युगोस्लाभियाको महँगी दर ३१३,०००,००० प्रतिशत प्रति महिना पुगेको थियो ।

समाधानका लागि राष्ट्रसंघले लगाएको प्रतिबन्ध फुकुवा गराउन र नयाँ मुद्रा दिनार ल्याउने योजना सर्बियाली नेता स्लोबोदान मिलोसेभिकले ल्याएका थिए ।

प्रथम विश्व युद्धपछि जर्मनी धेरै कर्जामा डुबेको थियो ।  स्थिति सुधारका लागि ल्यान्ड मार्कको छपाइ ग-यो तर पनि समस्या समाधान भएन् ।

कर्जा बढदै गयो ।महँगी प्रतिमहिना २९,५००प्रतिशत  पुग्यो ।

३–४ दिनको अन्तरमा सामानको भाउ दुई गुना हुने समस्या उत्पन्न भएको थियो ।

जर्मनीमा हालत यस्तो भयो कि बालबालिकाहरूले नोटको बण्डल लिएर घर बनाउने खेल खेल्ने गरेका थिए ।

१९२३मा जर्मन सरकार समस्याबाट निकासका लागि नयाँ मुद्रा सिक्योर मार्क ल्यायो ।

द्वितीय विश्वयुद्ध पछि ग्रीसको अवस्था सबैभन्दा खराब भयो ।

नोभेम्बर १९४४मा  यहाँको मुद्रास्फितीदर १३,८०० प्रतिशत पुग्यो ।

समस्या समाधानका लागि  आर्थिक सुधार, ऋण र नयाँ मुद्रा जारी गर्ने प्रयास ग्रीसले गरेको थियो ।

ग्रीसलाई जर्मनी र हंगेरीको तुलनामा यो स्थितिबाट पार पाउन लामो समय लागेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?