पर्यटक लाेभ्याउन चिटिक्क बनाइँदै बेलहियाका सडक

लोकपथ
104
Shares

भैरहवा । मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बजार क्षेत्रको सौन्दर्यकरणका लागि नगरपालिकाद्वारा सडक अतिक्रमण गरी राखिएका ट्यांकी, ठेला गाडा, टहरा लगायत सातदिनभित्र हटाउन सूचना प्रकाशित गरिएको छ ।

सूचनामा भनिएको छ, ‘बेलहिया बजारलाई सफा बनाउन सडक अधिकारभित्र हाल रहेका सम्पूर्ण ट्यांकी, टहरा, ठेला गाडा लगायतलाई सूचना प्रकाशित भएको सात दिनभित्र हटाउन हुन र अन्यथा नियमानुसार हुने व्यहोरा अनुरोध छ ।’

बेलहिया लगायत नगर क्षेत्रको सौन्दर्यकरणका लागि विभिन्न योजनाहरूको निर्माण र संचालन भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले बताए ।

‘बेलहियाबाट लाखौँ पर्यटक भित्रिन्छन् । तर, स्थान पर्यटकमैत्री छैन । जसले गर्दा पर्यटकहरूमा नकारात्मक सन्देश गइरहेको छ,’नगर प्रमुख खानले भने, ‘नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने कार्य अन्तर्गत प्रकिया अघि बढाइएको हो ।’

सडक क्षेत्रको अतिक्रमण हटाएर विकासका योेजनाहरू सञ्चालन गरिने उनको भनाइ छ । बेलहियास्थित हाल बस स्टेशन रहेको स्थानमा ६ तले अन्डरग्राउन्ड पार्किङसहितको व्यावसायिक भवन बनाउने नगरपालिकाको योजना छ । जसमा अन्डरग्राउन्ड पार्किङमा सार्वजनिक बस, ट्याक्सीहरू पार्क हुनेछन् भने अन्य तलाहरूमा कृषि, रेष्टुरेन्ट लगायत संचालन हुनेछन् ।

सौन्दर्यकरणका लागि बेलहियामा सरसफाइसमेत थालिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?