४० वर्षीय सन्तोष लामिछाने थिए विमानस्थलमा भेटिएका शंकास्पद व्यक्ति

लोकपथ
910
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिउँसो १ः३० बजे नेपाल एयरलाइन्सको विमान मुम्बई उड्ने तरखरमा थियो ।

विमान उड्नै लाग्दा उक्त विमान प्रहरीद्वारा रोकियो । कारण विमानमा सवार एक जना शंकास्पद व्यक्ति । शंकास्पद व्यक्ति हुन् ४० वर्षीय सन्तोष लामिछाने । उनलाई पक्राउ गरेर हाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘कैलाली प्रहरीद्वारा उक्त व्यक्तिलाई प्रकाउ गर्ने पत्र आएपछि हामीले पक्राउ गरेर अनुसन्धानका लागि पठाएका छौं ।’ त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले लोकपथलाई बताए ।

सन्तोषविरुद्ध कैलालीमा मुद्दा चलिरहेको र उनी फरार रहदैँ आएका थिए । उनी नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जानलागेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

उनलाई पक्राउ गर्नासाथ विमान भने गन्तव्यतर्फ उडेको छ । सन्तोषविरुद्ध भारतका विभिन्न ठाँउहरुबाट सुन चोरेर ल्याउने व्यक्तिहरुसँग सुन किन्ने र बेच्ने आरोप छ ।

यो पनि पढ्नुहोस् : शंकास्पद व्यक्ति भेटिएपछि रोकिएको विमान मुम्बइ उड्यो, एक जना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?