शंकास्पद व्यक्ति भेटिएपछि रोकिएको विमान मुम्बइ उड्यो, एक जना पक्राउ

लोकपथ
238
Shares

काठमाडौं । काठमाडौंबाट मुम्बइ उड्न लागेको विमानमा शंकास्पद यात्रु भेटिएपछि विमान रोकेर चेकजाँच गरिएको छ ।

शंकास्पद व्यक्ति उड्न लागेको सूचनापछि दिउँसो १ः३० बजे मुम्बई उड्नुपर्ने विमान चेकजाँचका लागि रोकिएको थियो ।

विमानमा भएका शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको विमानस्थल प्रशासनले लोकपथलाई जानकारी दिएको छ । प्रशासनका अनुसार चेकजाँच र शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि विमान भने गन्तव्यतर्फ उडेको छ ।

‘विमानमा शंकास्पद व्यक्ति भएको भन्ने सूचनापछि विमान रोकेर अनुसन्धान गरिएको थियो । छानबिनपछि विमान भने उडिसकेको छ’ प्रशानसले लोकपथसँग भन्यो ।

विमानस्थल प्रशासनले केन्द्रीय अनुसन्धान ब्यूरोले सो व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको थियो । तर केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम महतोले भने आफूहरुलाई कुनै पनि जानकारी नभएको लाेकपथलाइ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?