न्यान्सी पेलोसी ताइवान पुगेकोबारे नेमकिपाको आपत्ति

लोकपथ
35
Shares

काठमाडौं । चिनियाँ मुख्य भूमिबाट ताइवान अलग बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु निन्दनीय भएको नेपाल मजदुर किसान पार्टीले जनाएको छ ।

बुधबार एक प्रेस वक्तव्य जारी गर्दै नेमकिपाले अमेरिका स्वयंले विगतमा ‘एक चीन नीति’ लाई स्वीकार गरेको यथार्थ जगजाहेर हुँदाहुँदै चिनियाँ मूख्य भूमिबाट ताइवान अलग बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति निन्दनीय भएको उल्लेख गरेको छ ।

उक्त कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्र संघको २५७८ घोषणापत्र विपरीत छ र विभिन्न कालखण्डमा चीन र अमेरिकाबीच भएका अन्य सम्झौताको मर्म विपरीत पनि छ जारी वक्तव्यमा भनिएको छ ।

अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारिरहेको भन्दै ‘चीन घेर्ने नीति’ अन्तर्गत हिन्द–प्रशान्त रणनीति, एमसीसी, क्वाड, अउकस आदि नीति र संगठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्वशान्ति खल्बल्याउने कार्य भएको नेपाल मजदुर किसान पार्टीको ठहर रहेको छ ।

अध्यक्ष नाराण्यणमान बिजुक्छे (रोहित) द्वारा हस्ताक्षरित विज्ञप्तिमा संरा अमेरिकी साम्राज्यवादको एसियाम नया युद्ध थप्ने चालबाजीको विरोध गर्दै आएको भन्दै एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न माग गरेको छ ।

चीनको सम्प्रभुताको कदर गर्नु र एक चीन नीति साचो अर्थमा पुनः अडिग भएर प्रस्तुत हुनुु स्वयम् संरा अमेरिकाको निम्ति हितकारी हुनेतर्फ नेमकिपाले बाइडेन प्रशासनको ध्यानकर्षण भएको जनाएको छ ।

चीनको चेतावनी र ह्वाइट हाउसको चिन्तालाई बेवास्ता गर्दै अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् ।

त्यसलाई चीनले गम्भीर रुपमा लिएको जनाएको छ । त्यसबारे विश्व राजनीति तरंगित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?