आगामी चुनावबारे सत्ता गठबन्धनको बैठक जारी

लोकपथ
0
Shares

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे सत्तारुढ गठबन्धन दलहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । दिउँसो ३ बजेदेखि बैठक सुरु भएको बताइएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको उपस्थिति रहेको छ । यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । प्रधानमन्त्री देउवालेसमेत छिट्टै निर्वाचनको मिति तोकिने बताउँदै आएका बेला सरकारमा सहभागि दलहरुबीच छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?