सेयर बजारमा सामान्य गिरावट

लोकपथ
78
Shares

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज पनि सेयर बजारमा सामान्य अंकको गिरावट आएको हो । मंगलबार २.८१ अंकले घटेको बजारमा आज करिब ७ अंकको गिरावट आएको हो ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ । ठूला थथ बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ०,६४ अंकले घटेर ४२०.४९ बिन्दुमा रोकिएको छ ।

कुल २१८ कम्पनीको ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा कारोबार रकम भने बढेको छ । मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा सूचिकृत १३ उपसमूहमध्ये ४ वटा उपसमूहको मात्र सेयर मूल्य बढेको छ भने बाँकी ९ वटा उपसमूहको सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?