‘चंगा चेट’ को नयाँ गीत – ढल्की ढल्की नाच न (भिडियो)

काठमाडौं । यसअघि ‘गोजीमा दाम छैन’ बोलको गीत सार्वजनिक गरेर चर्चामा आएको चलचित्र ‘चंगा चेट’ को दोस्रो गीत सार्वजनिक भएको छ । डान्सिङ शैलीको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारले अभिनय गरेका छन् ।

गीतका शब्दलाई मिस्टर आरजेले लेखेका हुन् भने संगीत पनि आरजेकै छ । क्लब गीत लाग्ने यो गीत्मा अल्मोडा राना उप्रेतीले स्वर दिएका छन् ।

गीतको भिडियोमा प्रियंका कार्की, आयुष्मान जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता राना, सन्दीप क्षेत्री लगायतका कलाकारलाई फिचरिङ गराइएको छ ।

यो गीतलाई दर्शकले रुचाउने लक्ष्य लिइएको छ ।

कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने यो सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । यस्तै फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । चलचित्रमा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?